काठमाडौँ । रुपन्देहीको तिलोत्तमामा बुधबार राति भएको शंकास्पद मृत्युको छानबिन गर्न माग गर्दै प्रदर्शन भइरहेको छ । २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै उनका आफन्त र स्थानीयबासिन्दाले प्रदर्शन गरेका छन् ।
‘अमृतालाई न्याय देऊ’ लेखिएका पमप्लेटहरु प्रदर्शन गर्दै नाराबाजी गरेका छन् । माइतीघरमा गएकी अमृतालाई उनका श्रीमान् प्रेम टण्डनले फोन गरेर घरमा बोलाएको केहि समयमै उनको को मृत्यु भएको माइती पक्षको भनाई छ ।
पछिल्लो समयमा घरपरिवारले मानसिक तथा शारिरिक यातना दिने गरेको स्थानीयबासिन्दाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्