Ads

प्रतिनिधिसभा बैठक (Live)


काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै छ ।

बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले ‘‘राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७७–२०७८’’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । साथै ‘‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

Ads

सम्बन्धित पोष्टहरू