Ads

नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आज


मकवानपुर, । नेपाली कांग्रेस, बागमती प्रदेश संसदीय दलको बैठक आजः०० ११ बजे बस्ने भएको छ । विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णयका लागि कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने वा राजीनामा दिने भन्ने निर्णय हुने छ ।

“मुख्यमन्त्रीले राजीनामा दिने कि विश्वासको मत लिने भन्नेमा आज बस्ने संसदीय दलको बैठकबाट निर्णय लिइनेछ ।” प्रदेश सरकारका प्रवक्ता पनि रहेका अर्थमन्त्री प्रभात तामाङले भने । प्रदेश सरकारमा नेकपा ९एमाले० ले गत ६ साउनबाट समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि बानियाँ नेतृत्वको प्रदेश सरकार अल्पमतमा छ ।

नेपालको संविधानको धारा, १८८ को उपधारा ९२० मा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । यस्तै, सोही धाराको उपधारा ९१० र ९२० अनुसार प्रस्ताव प्रदेशल सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुनेछन ।

त्यसपछि संविधानको धारा, १६८ को उपधारा ९२० बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने संवैधानिक व्यवस्था छ । बागमती प्रदेशसभामा ११० जना सांसद रहेकामा ६ जनाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न राजिनामा दिएकाले अहिले १०४ जना सदस्य हुनुहुन्छ । विश्वासको मतका लागि ५३ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

बागमतीमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेको ३६, नेकपा एमालेको उपभासमुखसहित २५, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० को २६, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १२, नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद हुन् ।

Ads

सम्बन्धित पोष्टहरू