Ads

प्रतिनिधिसभा बैठक (Live)


काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा शुक्रबार दिउँसोबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकुन्द न्यौपानेले ‘‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्नुहुने छ ।

गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

Ads

सम्बन्धित पोष्टहरू