Ads

राष्ट्रियसभाको बैठक (Live)


काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । राष्ट्रियसभाको पहिलो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त पाँच विधेयक टेबुल भएपछि  बैठक ४५ मिनेटका लागि स्थगित भएको थियो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९’, ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’, ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ टेबुल गर्नुभएको हो । ।

Ads

सम्बन्धित पोष्टहरू