Ads

उपसभामुख चयनको प्रक्रिया (प्रत्यक्ष प्रसारण)


काठमाडौं । प्रतितिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको छ। दिउँसो ३ बजेबाट सुरु भएको बैठकमा उपसभामुख चयनको प्रक्रिया सुरु भएको हो।

उपसभामुखका लागि नेपाली कांग्रेस नेत्री पुष्पा भुसाल (गौतम) र नेकपा (एमाले) नेत्री विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको छ।

एमाले नेत्री भट्टराईको प्रस्तावकमा एमाले संसदीय दलका सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोख्रेल हुनुहुन्छ।

कांग्रेस नेत्री भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमारी चौधरी हुनुहुन्छ।

Ads

सम्बन्धित पोष्टहरू