Ads

इलाका कार्यालय रामपुरमा नयाँ भवनको निर्माण सुरु,कार्यालयलाई सेवा प्रदान गर्न सहज हुने


काठमाडौं ।पाल्पाको रामपुरमा इलाका प्रशासन कार्यालयको नयाँ भवन निर्माण सुरु गरिएकोे छ । रामपुर नगरपालिका–५ स्थित बेझाडमा तीनतले १७ कोठासहितको भवन निर्माण भैरहेको हो ।

बाँसुरी मोबाइल जेभीले भ्याटबाहेक चार करोड १४ लाख ७६ हजार ८६० रुपैँयाको लागतमा भवननिर्माण गर्न गत असार २३ गते ठेक्का लिएको थियो । उक्त भवन विसं २०८० पुस २२ मा निर्माण गरिसक्नुपर्ने संझौतामा उल्लेख छ ।

भैरहवास्थित सङ्घीय आयोजना कार्यान्वयन इकाईको प्राविधिक सहयोगमा गत साउनदेखि थालनी गरिएको हो । हाल भवनको फाउन्डेसन तयार गर्ने काम जारी रहेको छ । तीन रोपनी सार्वजनिक जग्गालाई इलाका प्रशासन कार्यालयको नाममा नेपाल सरकारले हस्तान्तरण गरेपछि भवन निर्माण थालिएको थियो ।

भाडामा सञ्चालन हुँदै भवनमा प्राप्त कोठा नहँुदा राष्ट्रिय परिचय पत्र, पासपोर्टसम्बन्धी सेवा नियमित दिन नसकिरहेको अवस्थामा अब कार्यालयको आफ्नै भवन भएपछि सबै सेवा दिन सहज हुने कार्यालय प्रमुख भगवान भक्त अर्यालले बताएका छन् ।

पूर्वी पाल्पाबासी लाई सेवा दिने उद्देश्यले २०६३ असार १० गते उद्घाटन भई सेवा दिँदै आएको प्रशासन कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको छ । कार्यालयबाट रामपुर नगरपालिका, निस्दी गाउँपालिका–१ देखि ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् । (देखिएको तस्विर रामपुर क्षेत्रको हो )

 

Ads

सम्बन्धित पोष्टहरू