Ads

पार्टीका युवा नेताहरुको साथले म उत्साहित छु : थापा


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवार बनेका महामन्त्री गगन थापाले निर्वाचनको परिणाम जे भए पनि युवाहरूको साथले उत्साहित भएको बताएका छन् । थापाले पार्टीका युवा नेताहरुको साथले आफू ढुक्क रहेको बताएका छन् ।

निर्वाचनको परिणामप्रति आशावादी रहेको उल्लेख गर्दै उनले भने, ‘जसरी साथीहरू सारा बन्धन तोडेर एक ठाउँमा उभिनुभएको छ त्यो नै मेरो लागि ठूलो कुरा हो ।’

उनले पार्टीको उम्मेदवार बन्नु अगाडिसम्म जुनसुकै समूहमा भए पनि सांसद भएर आएपछि जनताको प्रतिनिधि स्वतन्त्र हुने उनले बताए । उनले भने, उम्मेदवार हुने बेलासम्म त्यो पार्टीको हो । समूह बनेपछि आज यहाँ आएको सांसद कुनै समूहको होइन । म फलानो समूहबाट निर्वाचित भएर आएको हुँ भन्यो जनताप्रतिको अपमान हो ।’

थापा पार्टी संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धामा रहेका छन् । दलको नेता चुन्न अहिले मतदान सुरु हुँदै छ ।

Ads

सम्बन्धित पोष्टहरू