Ads

बालकोटमा चार दलबीच छलफल सुरु


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पद छाड्न तयार नभएपछि माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सत्ता गठबन्धनको वार्ता छाडेर बालकोटमा पुगेका छन् ।

त्यो भन्दा अघाडी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका नेता अशोक राईबीच छलफल सुरु भएको थियो ।

अहिले बैठकमा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष, प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र जनता समाजवादी पार्टीका नेता राईलगायतका नेताहरुबीच छलफल चलिरहको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर केहिबेरमै निस्किएका छन् ।

रास्वपा र जसपा पनि थपिएपछि चार दलसँग सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । एमालेसँग ७६, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

मिलिजुली सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार साँझ ५ बजे

Ads

सम्बन्धित पोष्टहरू