काठमाडौं । प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासको बार्दलीबाट अभिवादन गरेको दृश्य सर्वाधिक चर्चामा रह्यो ।
परमादेशबाट ओली सरकार हटाएर शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि ‘बार्दली’मा सीमित गरेको राजनीतिक भाषाहरु प्रयोग हुन्थ्यो ।
अध्यक्ष ओलीले आफ्नो सरकार हटाउन भूमिका खेलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै बार्दलीमा उभ्याएका छन् ।
ओलीले सुझबुझसहित हो वा परिस्थितिजन्य माहौल बनेको यकिन छैन । तर, आइतबार आफ्नो निवासमा भएको छलफलपछि तल ओर्लिएका दाहाललाई पुनः माथि बोलाएर बार्दलीबाट अभिवादन गर्न लगाए ।
आइतबार प्रचण्डलाई प्रधानमन्त्री बनाउने बालकोट वार्ताको सहमतिपछि शीतल निवास जानुअघि ओली र प्रचण्डले सोही बार्दलीबाट सामूहिक अभिवादन गरे ।
तल रहेका कार्यकर्ता र समर्थकले पार्टी फेरि एक होस् भन्ने माग गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्