Ads

प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल सिंहदरबार पुगेपछि…


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र्र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न अध्यक्ष नेपाल सिंहदरबार पुगेका हुन । दुईजनाबीच छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले अझै कुनै निर्णय गर्न सकेको छैन । उनीहरूले सरकारबाट औपचारिक प्रस्ताव नआएको बताउँदै आइरहेका छन् ।

आजमात्रै नेपालले प्रचण्डको अनुहार हेरेर समर्थन गर्न मिल्ने भए गरिसक्ने प्रतिक्रिया दिएका थिए । उनले सरकारको काम हेरेर प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत दिनसम्म निर्णय लिने बताएका थिए ।

तर, प्रचण्डले माधव नेपाललाई पनि आफू नेतृत्वको सरकारमा समेट्ने प्रयास गरिरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू