Ads

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन अध्यक्ष नेपाल सकारात्मक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्डसँग बुधबार भएको भेटवार्तापछि अध्यक्ष नेपाल सकारात्मक बनेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको आग्रहपछि अध्यक्ष नेपालले आफूले पार्टीमा छलफल गर्ने जवाफ दिएको उनले बताए । अध्यक्ष नेपालले भने, ‘प्रचण्डजीले विश्वासको मत दिन आग्रह गर्नुभएको छ । मैले यसबारे पार्टीमा छलफल गर्छु भनेको छु । अब पार्टीबाट निर्णय गर्छौं ।’

उनले आजको भेटमा सरकारमा जानेबारे भने कुनै कुरा नभएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । शनिबारदेखि चार दिनसम्म बसेको पार्टी स्थायी कमिटी र पोलिटब्युरो बैठकले पनि कुनै ठोस निर्णय गर्न सकेको छैन ।

सरकारबाट औपचारिक प्रस्ताव नआएको भन्दै निर्णयको जिम्मा सचिवालयलाई दिएको थियो । तर, बैठकमा अधिकांश नेताहरुले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर जानुपर्नेमा जोड दिएका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू