काठमाडौं । रौतहट–३ बाट निर्वाचित प्रभु साह र सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन पुस १० गतेसँगै शितल निवास गएका थिए ।
उनीहरुले समेत समर्थन गर्ने भएपछि प्रधानमन्त्री दाबी गरिएको पत्रमा दुबैको नाम अन्तिममा हातैले लेखिएको थियो ।
तर, पुस २४ गते सांसदद्वय साह र सिंहले संसद सचिवलायलाई आफूहरु प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका छन् ।
संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार सांसदहरुलाई सोधेर सिट व्यवस्थापन गरिएको छ । सचिवलायका अधिकारीहरुलाई सांसदद्वय सिंह र साहले प्रतिपक्षी बेञ्चमा बस्ने जानकारी गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्