Ads

कांग्रेससँग विश्वासको मत माग्न देउवा निवास धुम्बाराही पुगे प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेससँग विश्वासको मत माग्न पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् ।

तत्कालीन प्रधानमन्त्रीसमेत रहेका देउवालाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास धुम्बाराही पुगेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

तत्कालीन सत्ता गठबन्धन फुटेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सात दलीय सरकार गठन भएपछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रमुख प्रतिपक्षमा रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू