Ads

मन्त्रीहरुको टुङ्गो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई


काठमाडौँ, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि छामिछानेलाई दिइएको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए ।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरुसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उहाँलाई नै दिइएको हो । मन्त्रालय भागबन्डाको टुङ्गो लगाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू