Ads

डा. तोसिमा कार्की बनिन् स्वास्थ्य राज्यमन्त्री


काठमाडौँ, । एक उपप्रधानसहित तीन मन्त्री र एक राज्यमन्त्री पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको छ ।

लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा.तोसिमाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको आज शपद लिएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्दा डा.तोसिमालाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।

१० वर्षदेखि चिकित्सा क्षेत्र सुधारको अभियानमा सक्रिय डा. तोसिमाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीकै आकांक्षा राखेकी थिइन् । तर उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय लिएपछि तोसिमा राज्यमन्त्री बनेकी हुन् ।

राष्ट्रिय राजनीतिमा डा.तोसिमाको चर्चा भने ४ मंसिरको चुनावमा तत्कालिन ऊर्जा मन्त्री रहेकी नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाललाई चुनावी चुनौती दिएपछि सुरु भएको थियो । ललितपुर–३ बाट भुसाल र एमालेका अमृत खड्कालाई पछि पार्दै प्रतिनिधिसभा सदस्य जितेपछि तोसिमाको चर्चा थप फराकिलो बन्यो ।

राजनीतिक समीकरण बदलिएर प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा सहभागी हुँदा उनी राज्यमन्त्री बन्न पुगिन् । तोसिमा राज्यमन्त्री भएपनि अपेक्षा भने उनीसँग अरु मन्त्री भन्दा कम छैन ।

रास्वपाले उपप्रधानसहित गृहमन्त्रीमा सभापति रवि लामिछानेलाई पठाइसकेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा शिशिर खनाललाई सिफारिस गरिएको छ । त्यसैगरी, डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिस गरिएको पार्टी स्रोतले बताएको छ ।

Ads

सम्बन्धित पोष्टहरू