Ads

यस्तो छ आज संसदको कार्यसूची


काठमाडौं । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजे बस्दैछ। संसद् सचिवालयले प्रतिनिधिसभाको बिहीबारको बैठकको कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्। त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया सुरु हुनेछ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सो प्रस्तावलाई प्रतिनिधिसभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नेछन्। त्यसपछि सभामुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य ईश्वरी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । शर्माको प्रस्तावलाई प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्ने कार्यसूची छ।

Ads

सम्बन्धित पोष्टहरू