Ads

संसद रोष्टममै उभिएर सीके राउतको मौनधारण


काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनमा शहीद भएकाहरुको सम्झनामा संसदमा मौनधारण गराएका छन् ।

मतदानअघि संसदमा भएको छलफलमा भाग लिँदै राउतले मधेशी र थारु समुदायलाई भित्तामा धकेलेर राष्ट्रिय सहमतिको नारा दिएको भन्दै असन्तुष्टि जनाए ।

मधेश आन्दोलनमा मृत्यु भएकाहरुलाई राज्यले शहीद घोषणा गरेको, तर संसदले नसम्झिएको भन्दै राउतले विरोध जनाए ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठे ।

Ads

सम्बन्धित पोष्टहरू