काठमाडौं । यसअघि प्रतिनिधि सभा उपसभामुखमा नाम चर्चामा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम प्रस्तावकमा रहेकी छिन् । पार्टीले उपसभामुखको उम्मेदवारमा इन्दिरा राना मगर अघि सारेको छ।
आज बसेको संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि उनको प्रस्तावकमा सोविता गौतम रहेकी हुन् ।
बैठकपछि सोविताले आकांक्षा राख्नु स्वाभाविक भएको भन्दै पार्टीले सर्वसम्मतरूपमा उपसभामुखको उम्मेदवार चयन गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्