Ads

‘आजबाट ठूलो परिवारमा भित्रिएकी छु : इन्दिरा


काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा उपसभामुख इन्दिरा राना मगरले ‘आजबाट ठूलो परिवारमा भित्रिएको बताएकी छन् ।

पार्टीमा आफूलाई सबैले आमा भन्ने गरेको ‘आजबाट ठूलो परिवारमा भित्रिएको छु भन्दै,उनले भनिन्, तटस्थ र इमादारिताका साथ भूमिका निभाउँछु ।’

उपसभामुख निर्वाचित भएपछि सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै इन्दिराले सभामुखसँग मिलेर काम गर्ने र संविधानले दिएको भूमिका तटस्थ रुपमा निभाउने बताइन् । संविधानले व्यवस्था गरेको भूमिकालाई इमान्दारिताका साथ निभाउने उनको भनाई छ ।

शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कि सांसद राना मगर १६६ मतका साथ उपसभामुखमा निर्वाचित भएकी हुन् ।

 

 

 

Ads

सम्बन्धित पोष्टहरू