Ads

नर्स हुने इच्छा गरेकी इन्दिरा बनिन् उपसभामुख


काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर प्रतिनिधिसभ उपसभामुखमा निर्वाचित भएकी छिन् । सत्तारुढ गठबन्धनले उनलाई सो पदमा उम्मेदवार बनाएको थियो ।

उनले शुक्रबार रास्वपाकी सांसद सोविता गौतमको प्रस्तावकमा उपसभामुखमा उम्मेदारी दिएकी थिईन । त्यस्तै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन रहेका थिए ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।
सभामुख घिमिरेका अनुसार उक्त प्रस्तावको पक्षमा १६६ मत, विपक्षमा ९७ मत र मत दिन्नँ भन्नेमा १ मत परेको छ । बैठकमा २६४ जना सांसदको उपस्थिति रहेकोले रानामगरले पाएको मतले उनलाई उपसभामुखखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको उनले जानकारी दिए ।

उपसभामुख पदमा दुईजनाको उम्मेदवारी परेको थियो । उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा रानामगर र कांग्रेसबाट यादवले उम्मेदवारी दर्ता गरेकी थिइन् । रानामगरको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन गरेको थियो ।

को होन इन्दिरा राना ?

इन्दिरा वि.सं. २०२७ असार १८ गते बुवा प्रताप सिंह मगर र आमा मनमया मगरको कोखबाट जन्म लिनुभएको थियो । उनी झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ११, मा जन्मेकी हुन् । उनी अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध छिन् ।

उनले २००५ सालमा अशोका फेलो, एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९, वल्र्ड चिल्डे«न प्राइज अनररी अवार्ड २०१४, बीबीसी उत्कृष्ट १०० महिला २०१७, ‘द वन’ रोटरियन ह्युम्यानेटरियन सर्भिस अवार्ड २०२० मा मनोनित भएकी थिईन् ।

संघर्षपूर्ण बाल्यकाल

पूर्वी नेपालको झापामा गरिब जनजाति परिवारमा जन्मेकी रानाको बाल्यकाल निकै कष्टकर र संघर्षशील रुपमा बितेको थियो । उनले औपचारिक शिक्षाको शुरुवात १० वर्षको भइसकेपछि मात्रै शुरुवात गरेकी थिइन् । विद्यालय जाने समयमा उनी गोठालो जाने, घाँस दाउरा गर्ने जस्तो अवस्थाबाट गुजेकिथिइन् ।

नर्स हुने इच्छा भए पनि आर्थिक अभावका कारण उनले अरुको घरमा बालबच्चा हेरचाह गर्दै कलेज तहको पढाइ पूरा गरेकि थिइन् । कलेज तहकको पढाइकै सिलसिलामा साहित्यकार पारिजातसँग भेट भयो । पारिजातसँगको भेटपछि उनी समाजसेवातर्फ लागिन् ।

उनकै प्रेरणाबाट प्रभावित भएर वि.सं. २०५७ सालमा बन्दी सहायता नेपाल संस्था खोलेर जेलमा रहेका बालबालिकाहरुको शिक्षादीक्षामा समर्पित भएर लागिन् । विगत ३० वर्षदेखि शुरु भएको उनको जेलरहित असल समाज निर्माण गर्ने अभियान अहिले पनि जारी छ ।

उक्त संस्थामार्फत् अहिले काठमाडौंको साँखुमा जूनकीरी स्कुल (बालगृह) सञ्चालनमा रहेको छ । उक्त बालगृहमा देशका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुका ८४ जना बालबालिकाहरुले सुरक्षित आश्रय लिइरहेका छन् ।

झापाको खुदुनाबारीमा बालगृह, जूनकीरी पुस्तकालय, जूनकीरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह सञ्चालन गरेकी छिन् । पाल्पा मदनपोखरामा आमा पाराडाइज होम युवा तालिम केन्द्र स्थापना गरेकी छिन् ।

 

Ads

सम्बन्धित पोष्टहरू