Ads

बत्तिसपुतलीमा कांग्रस कोइराला समूहको बैठक , आवश्यक रणनीति बनाउने


काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बत्तिसपुतलीमा सुरु भएको छ । शेखर–गगन समूहको बैठक बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा सुरु भएको हो ।

नेपाली कांग्रेसले राष्ट्रपति पद पाउनु पर्ने बताइरहेका बेला आवश्यक रणनीति तय गर्न बैठक बस्न लागेको बुझिएको छ । पार्टीभित्रको आन्तरिक राजनीति र राष्ट्रिय राजनीतिबारे सामूहिक धारणा बनाउन पार्टीका केन्द्रीय सदस्य शेखर कोइरालाले बैठक बोलाएका हुन् ।

छलफलमा केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य, सांसद र प्रदेश सभापतिहरू सहभागी छन् । सभामुख र उपसभामुको निर्वाचन सकिएलगत्तै अब दलहरुको ध्यान राष्ट्रपति निर्वाचनमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुख पदमा भने आफ्नै उम्मेदवार बनाएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू