काठमाडौं । सर्वोच्च अदालतको आदेशले पदमुक्त भएका निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका समर्थकहरु माइतीघर मण्डलामा जम्मा भएर नाराबाजी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नामक दलको सभापतिसमेत रहेका लामिछानेको पार्टीका नेता कार्यकर्ता र समर्थकहरुले त्यस्तो नाराबाजी गरेका हुन् ।
शुक्रबार सर्वोच्च अदालतले पदमुक्त गरेका लामिछानेको समर्थनमा आज बिहान पुकार बम, तारा बराल, शोम शर्मा लगायतका समर्थकहरुले माइतीघरमा प्रदर्शन गरे । उनीहरुले लामिछानेको पक्षमा नारा लगाएका थिए ।
पुनः जारी नगरेर पुरानै नागरिकता अनुसार प्रतिनिधि सभाको निर्वाचन लडेका लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च अदालतले फैसला गरेपछि उनको मन्त्री र सांसद पद एकै पटक गएको छ ।
प्रतिक्रिया दिनुहोस्