काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्ने भएकी छिन् । अभिनेत्री तथा मोडल समेत रहेकी गौतम आज लुम्बिनीको भैरहवामा आयोजना हुने एक कार्यक्रम मार्फ पार्टी प्रवेश गर्न लागेकी हुन् ।
एलिजालाई पार्टी प्रवेश गराउन पार्टीकी अध्यक्ष एवं चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ भैरहवा आइसकेकी छिन् । गौतमलाई पार्टी प्रवेश गराएर महत्त्वपूर्ण जिम्मेवारी दिन लागिएको अनुमान गरिएको छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पत्रकार ऋषि धमला पनि भैरहवा आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्