Ads

शेखरको रविलक्षित टिप्पणी : ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’


चितवन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताएका छन् । डा कोइरालाले रविलक्षित टिप्पणी गरेका हुन् । लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए ।

‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ’, उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’

यस्तै फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेस सरकारमा सहभागी नहुने बताए । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि कांग्रेस अहिले नै सरकारमा सहभागी नहुने दाबी गरे । उनले भने, ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।’

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू