काठमाडौँ, । करीब ८ वर्षपछि हुन लागेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको महाधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गरिने छ ।
सो नेतृत्व चयन निर्वाचन प्रणालीमा मार्फत गरिने भएको छ । राष्ट्रिय महाधिवेशनमा निर्वाचनको लागि विभिन्न जिल्लाका विद्यार्थी नेताहरु राजधानी काठमाडौँमा आएका छन् ।
महाधिवेशको मुख्य उद्देश्य नै नेतृत्व छनोट गर्ने हो । कलम र तारा अंकित रक्तरञ्जित झण्डा बोकेर हिँडेको अनेरास्ववियुको गौरवपूर्ण इतिहास निकै स्वर्णिम देखिन्छ । योसँगै अहिले अनेरास्ववियुमा नेतृत्वको होडबाजी जलिरहेको छ ।
कुनै समय ‘अनेरास्ववियु सिर्जनाको संवाहक मात्रै होइन विद्रोहको बन्दुक पनि हो’ नारा निकै चर्चामा थियो । हुन पनि कुनै बेला विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियु सिर्जनाको संवाह र विद्रोहको बन्दुक जस्तै थियो । कलम र तारा अंकित रक्तरञ्जित झण्डा बोकेर हिँडेको अनेरास्ववियुको गौरवपूर्ण इतिहास निकै स्वर्णिम देखिन्छ ।
अध्यक्षपछिको शक्तिशाली मानिएको महासचिवमा यो पटक धेरैले आकाक्षां देखाएका छन् । अध्यक्ष भन्दा महासचिवमा नेता बढी प्रतिस्पर्धी देखिएका छन् । अध्यक्षपछिको कार्यकारी पद भएका कारण महासचिवमा सबैको आँखा लाग्नु स्वाभाविकै हो । हालका सबै उपमहासचिवहरु महासचिवका दाबेदार देखिन्छन् । सो मध्येका नरेश रोकाया पनि अखिल महासचिवका लागि दाबेदार नेता हुन् । बाजुरा को गौमुल गाउँपालिकामा स्थायी घर भएका रोकाया लामो समयदेखिनै अखिलको राजनीतिमा सकृय एक योदा नेता हुन ।
अखिलको केन्द्रीय सदस्यदेखि उपमहासचिवसम्म बनेका रोकाय अहिले प्रचार विभाग प्रमुख समेत बने । अखिलमा जुझारु नेताको छवि बनाएका रोकाय निर्भीक स्वाभावका छन् । राजनितिक र संगठन भनेपछि मरिहत्य गर्ने रोकाया अखिलको महासचिवमा आकाक्षां देखाउनु र पदमा निर्वाचित हुनु पक्कै पनि विद्यार्थी आन्दोलनको कोसेढुङ्गा सावित हुने सबैले विश्वास गरेका छन् ।
रोकायालाई वि.स २०६६ साल पौष ५ गते “पोखरामा माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कुटपिट गरि सेती नदिको किनारमा फालिएको सबैलाई स्मण नै छ । कुटपिट गरि फालिएका रोकाया अर्धचेत अवस्थामा भेटिएका थिए । उनको नजिकैको अस्पतालमा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौ ल्याइएको थियो ।
रोकायाको यस्तो अवस्था देखिदा अस्पतालमा भेट्न आउने जो कोहिँ कसैले बाच्लान भन्ने आशा समेत गरेका थिएनन् । सबैले मारीसकेका नरेश अहिले अखिल बिद्यार्थी राजनिति को महाधिवेशन मा सर्वाधिक चर्चा को शिखर बनेका छन् ।
त्यसैले रोकायानै अखिलको महासचिव बन्नुपर्छ भन्दे सबै विद्यार्थी नेता कार्यकर्ताहरुको भनाई छ । गरिव दुखी र असायका लागि भगवानको रुप हुन नरेश ।
प्रतिक्रिया दिनुहोस्