Ads

पूर्वन्यायाधीश भुवनलाई कारबाहीको माग गर्दै प्रदर्शन, चार महिला पक्राउ


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनबाहिर पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् । पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका थिए ।

प्रदर्शनका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पूर्व न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव लगायत ४ जनालाई पक्राउ गरेको छ । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् ।

पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू