दांङ, ।, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिपतिको विषयमा वृहत् छलफलको आवश्यकता रहेको बताएका छन् । मंगलबार दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै उनले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भएपनि त्यसका लागि वृहत् छलफलको आवश्यकता रहेको बताए ।
राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा उनको जोड छ । राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गर्दै नेपालले आफू के बन्ने भन्ने बारे अझै सोचिनसकेको बताए ।
‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा–परिचर्चाहरू धेरै छन् । कुनै टुंगो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ, उनले भने, ।
अरुकै लागि सधैँ बलिदान नगर्ने उनको जिकिर छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका लागि प्रस्ताव गरेबारे पत्रकारको जिज्ञासामा उनले कतिपय कुराहरईलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए ।
‘प्रेसमा आएका सबै समाचारहरू साँचा हुन्छन् भन्ने छैन । अहिले नै बोल्न हतार गर्नुहुन्न । पर्दाभित्र नै रहन दिनुपर्छ । संविधानलाई जोगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्नेछ’, नेता नेपालको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्