काठमाडौं । एमाले र नेकपा एमाले निकट अनेरास्वियुका अध्यक्ष समिक बडालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्थिर राजनीति गर्न छाडनु पर्ने बताएका छन् ।
पुर्व सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई सघाउनु पर्ने बताउँदै अखिल अध्यक्ष बडालले एमाले र माओवादी बिच भएको सहमति अनुसार प्रधानमन्त्री दाहाल अघि बढनु पर्ने बताएका हुन् ।
‘पुष्पकमल दाहालर्लाई प्रधानमन्त्री बनाउने निर्णायक शक्ति भनेको एमाले हो र त्यो बेला एमाले र माओवादि बिच जे सहमति भएको छ, त्यो अनुसार रास्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेद्वारलाइ माओबादीले समर्थन गर्नुपर्छ’ अखिल अध्यक्ष बडाललेभनेका छन, ‘अस्थिर मान्छेलाई समयले सजाय दिन्छ, अब स्थिर हुनुको विकल्प छैन ।’
प्रतिक्रिया दिनुहोस्