Ads

पुष १० मा भएको दलहरुबीच सहमतिअनुसार नै राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्छ : अर्थमन्त्री पौडेल


काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पुष १० गतेको सहमतिअनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरेका छन् ।

वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने बताएका छन् ।

सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताए । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।

 

Ads

सम्बन्धित पोष्टहरू