Ads

एमालेकाे पत्र पाए पछि नेकपा एसले भन्यो, ‘सम्बादको ढोका खुल्यो


काठमाडाैं । नेकपा एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेले पत्र लेखेर समर्थन मागेर सम्बादको ढोका खोलेको बताएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेले पत्र लेखेकोमा धन्यवादसमेत ज्ञापन गरेका छन्  । ‘पत्रका लागि धन्यवाद ।

यसले औपचारिक रुपमा राजनीतिक सम्बादको ढोका खोलिदिएको छ,’ पत्र पाए पछि खतिवडाले भने, ‘राष्ट्रपति निर्बाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुदा एमालेको अनुरोधलाई स्विकार गर्ने स्थिति नभएता पनि सकारात्मक सोचका साथ  राजनीतिक सम्बादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण  निर्माण हुन सक्दछ ।’

नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गरेर एमालेका  राष्ट्रपतिका उमेदवार  सुबास नेम्बाङलाई मतदान गर्न अनुरोध पत्र लेखेका थिए । सो पत्र पाए पछि जवाफमा प्रवक्ता खतिवडाले राजनीतिक सम्बादको ढोका खोलेका बताएका हुन ।

Ads

सम्बन्धित पोष्टहरू