काठमाडौँ, । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने फेरी थुनामा हुनसक्ने सम्भावना देखिएको छ । शनिबार ‘पीडित’ का नाममा मिडियामा आएको मनगढन्ते कथाले क्रिकेटर लामिछानेको मुद्दामाथिको फैसलामा प्रभावित हुन सक्ने र पुन थुनामा हुनसक्के सम्भाना देखिएको हो ।
उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी राष्ट्रिय टीममा फर्केका थिए । सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै गरेको पुनरावेदन र सन्दीपले आफूमाथि विदेश भ्रमणमा लगाएको रोक हटाउन गरेको निवेदनमाथि आज सुनवाइ हुँदैछ ।
आज हुनसक्ने सम्भावित फैसला प्रभावित पार्ने हेतु मिडिया ट्रायल भइरहेको सन्दीपका वकिल सरोज घिमिरेले बताए । आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने तयारी छ भन्दै लामिछानेका कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोपसमेत लगाएका छन् ।
‘विचाराधीन मुद्दामा कुनै पनि मिडियाले यसरी पीडितका नाममा एकपक्षीय विवरण र मनोवाद लेख्न पाउँदैनन्, यो विषयलाई आज हामी अदालतमा बलियोसँग उठाउने छौं,’ उनले भने । अदालतको फैसला नहुँदै बलात्कारीका रूपमा चित्रण गरेर लेख्नेहरूविरुद्ध मानहानीको मुद्दा हाल्नसक्ने पनि उनले चेतावनी दिएका छन् ।
‘आज के आदेश आउँछ, त्यसलाई हेरेर हामी आवश्यक कदम चाल्नेछौं,’ उनले भने ।
घिमिरेले प्रतिवादीलाई मात्र नभएर वादीलाई पनि मुद्दासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिँदै हिँड्ने हक नहुने उल्लेख गरे । सन्दीपले गरेको निवेदनमा पनि आफ्नो व्यक्तिगत गोपनीयताको हक संरक्षण गर्न अपिल गरेका छन् ।
‘कुनै पनि मुद्दामा प्रतिवादीका पनि निश्चित अधिकारहरू हुन्छन्, त्यसलाई राज्यले संरक्षण गर्नुपर्छ । आरोप लाग्नासाथ अपराधीको व्यवहार गर्न पाइँदैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्