काठमाडौं । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।
त्यस्तै एमालेले प्रचण्ड नेतृत्वमाथिको समर्थन फिर्ता लिएको पनि उपाध्यक्ष पौडेलले जानकारी दिए । सचिवालयको आकस्मिक बैठकपछि सरकारबाट बाहिरिने निर्णयसँगै समर्थन पनि फिर्ता लिएको उहाँले बताउनुभयो ।
उपप्रधान तथा अर्थमन्त्रीसमेत रहनुभएका पौडेलले पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति पालनामा प्रधानमन्त्री प्रचण्ड गम्भीर भएर नलागेको भन्दै बैठकले सरकारमाथिको समर्थन फिर्ता लिने निर्णय गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्