काठमाडौं । राष्ट्रपतिको निर्वाचन सकिए लगतै उपपराष्ट्रपतिको निर्वाचनको तयारी सुरु भएको छ । ९ दलिय गठबन्घनले राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेलाई निर्वाचित गरेको छ । त्यस्तै उपपराष्ट्रपतिको उम्मेदवारमा जनता समाजवादी पार्टी (जसपा)को भागमा परेको छ ।
जसपाले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए । रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो ।
उपराष्ट्रपतिको चुनाव ३ चैतमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्