काठमाडौं । राष्ट्रपति कार्यालयले वेबसाइटमा प्रयोग भएको राष्ट्रपति रामचन्द्र पौडेलको सम्पादन गरिएको तस्बिर परिएको छ । दिनअघि राखिएको सम्पादन तस्बिर हटाए र आज कार्यलयले दुवै गालाको कोठी भएको फोटो राखेको हो ।
पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो ।
अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।
राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन छ । यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर यत्रतत्र टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन् ।
प्रतिक्रिया दिनुहोस्