Ads

नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा हुन् : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरका माइला छोरा रहेको बताए । आइतबार नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उनले कानुनको इतिहासमा गलत पढाइएको बताए ।

‘तपाईहरुले कानुनको किताबमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान भनेर पढ्नुभएको होला तर होइन, जुद्धशमशेरका छोरा नेपालको पहिलो प्रधानन्यायाधीश हुन’ उनले भने ।

१९९७ सालमा जुद्धशमशेरले दुईवटा शनद जारी गरेको र त्यसमध्ये कानुनी शनदको आधारमा पहिलो अदालत गठन भएको ओलीले बताए । ‘त्यतिबेला प्रधानन्यनायाधीश भनिएको थिएन । न्यायाधीश जर्नेल भनिएको थियो’ उनले भने, ‘त्यो पदमा आन्तरिक प्रतिस्पर्धा राणाहरुको बीचमा भएको थियो । मोहनशमशेर र जुद्ध शमशेरका छोराबीच प्रतिस्पर्धा भएको थियो । सम्भवत जुद्धशमशेरको माइलो छोरा थिए । उनी नेपालको पहिलो प्रधानन्यायधीश भएका थिए ।’ उनले जुद्धशमशेरको छोराको नाम भने लिएनन् ।

कानुनको इतिहासमा नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान उल्लेख छ । उनी भारतीय नागरिक थिए । ओलीले ००७ सालको परिवर्तनपछि विदेशीलाई प्रधानन्ययााधीश बनाउन संविधान संशेधन गरिएको बताए । ‘विदेशी नागरिकलाई देशको न्यायालय प्रमुख बनाउने कुरा संवैधानिक हुनै सक्दैन तर भयो । किनकी उहाँको दार्जिलिङमा हुँदा वीपी कोइरालासँग घनिष्ठता बढेको थियो’ ओलीले भने ।

ओलीले नेपालको पहिलो संविधान पनि २००४ सालको नेपाल सरकार बैधानिक कानुन नभई अर्कै रहेको बताए । उनले जुद्धशमशेरले १९९७ सालमा जारी गरेको शनद नै नेपालको पहिलो संविधान भएको जिकिर गरे ।

Ads

सम्बन्धित पोष्टहरू