काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिबारे टिप्पणी गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मतदान सकेपछि ओलीले सञ्चारकर्मीहरुसँग भने ‘अस्ति मैले सहकार्य कहिल्यै हुँदैन भन्ने छैन, त्यस्तो कसम खाएको छैन भनेको थिएँ । एकजना अलिक चर्का कांग्रेसले कति सालपछि प्रतिपक्षमा उहाँसँग भेटघाट हुन्छ भन्नु भएछ’,। ओलीले भने, प्रतिपक्षमा भेट्न ०८४ साल पर्खिनु पर्छ, अहिले भेट्नु भएको छैन ?’
उनले कांग्रेसभित्र निकै ठूलो गडबडी भएकाले त्यस्तो बोलेको हो कि भन्ने अनुमान सुनाए । एमालेको तयारीबारे जानकारी नभएको हो कि भन्ने प्रश्नमा ओलीले प्रतिप्रश्न गरे, ‘सबै कुुरा तपाईँलाई भनेँ भने तयारी तयारी हुन्छ र ?’
राष्ट्रपति र उपराष्ट्रपति चुनावको समीक्षा कसरी गर्नु भएको छ भन्ने प्रश्नमा उनले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताए । ‘तर यो साँठगाँठे सिस्टम भयो क्या । यसमा कसले जित्यो ? कसले हा¥यो ? कसको शक्ति कति ? भन्ने भएन’, उनने भने, ‘अहिले त जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेदवार उठाएको छ । यस्तोमा के हिसाब गर्नुहुन्छ ?’
प्रतिक्रिया दिनुहोस्