Ads

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा लगभग टुंगियो


काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको दश दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा सैद्धान्तिक सहमतिमै टुंग्याएका छन् ।

बुधबार साँझ बालुवाटारमा बसेको बैठकले कुन दललाई कति मन्त्रालय भन्ने एकसरो समझदारी जुटाएको बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मदाबी गरेका हुन् ।

‘भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने भन्नेछ’, उनले भने, ‘सबै पार्टीले आ–आफ्नो भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम दिनुहुनेछ, त्यसपछि मन्त्रीहरुको शपथ हुन्छ ।’

उनका अनुसार राष्ट्रिय जनमोर्चाबाहेकका सबै दललाई मन्त्रालय भागवण्डा गरिएको छ । कुन दललाई कति भन्ने चाहिँ उनले खुलाएनन् ।

Ads

सम्बन्धित पोष्टहरू