Ads

कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत


कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।  मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् ।

यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ सदस्यले विश्वासको मत दिएका थिए ।

उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएकी छन् । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ ।

Ads

सम्बन्धित पोष्टहरू