Ads

एमालेले टुंग्यायो उपचुनावका लागि उम्मेदवार, चितवन २ मा रामप्रसाद र तनहुँ १ मा सर्वेन्द्र खनाल लड्ने


काठमाडौं । नेकापा एमालेले उपचुनावका लागि उम्मेदवार टुंगो लगाइएको छ । शनिबारब बसेको एमाले जचिवालयको बैठकले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उपचुनावका लागि तयार बनाएको हो ।,

एमालेले सो क्षेत्रमा अन्य पार्टीका प्रभावशाली नेतालाई प्रवेश गराएर टिकट दिने प्रयास समेत भइरहेकाले आज निर्णय नभएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताए ।

चितवन २ बाट एमाले जिल्ला कमिटी अध्यक्ष न्यौपानेको एकल नाम सिफारिस भएको थियो । उनी अनेरास्ववियुको राजनीतिमा स्थापित भएका जिल्लाका लोकप्रिय युवा नेता हुन् ।

बारा २ मा भने आइतबार मात्र टुंगो लाग्ने भएको छ । बारा २ बाट जिल्ला कमिटीले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेल,प्रदेश कमिटी सदस्य राजेश साह र बन्दना सिंहको नाम सिफारिस गरेको छ ।

तनहुँ १ मा उम्मेदवार बन्न लागेका खनालको नाममा शनिवार बिहानै जिल्लाबाट आएका नेताहरूले बालकोट पुगेर सहमति जनाएका थिए ।

नेपाल प्रहरीका पूर्व आइजिपी खनाल तनहुँ भानु नगरपालिकाका स्थायी बासिन्दा हुन् । उक्त नगरपालिका तनहुँ क्षेत्र नम्बर १ मै पर्छ ।

Ads

सम्बन्धित पोष्टहरू