Ads

सांसद रघुजी पन्तले सुनाए प्रधानमन्त्री प्रचण्ड हराएको सूचना


काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाएका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले यस्तो सुचना सनाएका हुन्।

उनले भने, ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाधेको ७० नपुगेको जस्तो देखिने।’

उनले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गर े। उनले भने, ‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला । उहाँ अन्तिम पटक देखिएको साल बालुवाटार छेउछाउ।’

Ads

सम्बन्धित पोष्टहरू