काठमाडाैँ, । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको छ । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. दिव्यासिंह शाहले गरिरहेका छन् ।
“उनको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिए । प्रेस संयोजक बजगाईंले भने, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।”
हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्