Ads

मतगणना सुरु गर्न चितवनमा सर्वदलीय बैठक बाेलाइयाे, ८ बजे बस्ने


चितवन । चितवन–२ को मतगणना सुरु गराउनका लागि सर्वदलीय बैठक बोलाईएको छ । आचारसंहिता उलङ्घनको बिषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखी नै सुरु हुने पर्ने मतगणना  हुन सकेकाे थिएन ।

आज सर्वदलीय बैठक बोलाईएर सहमति खाेजेर मतगणना सुरु गर्न लागिएकाे हाे । निर्वाचन आयोग, चितवन कार्यालयले बैठक ८ बजे सर्वदलीय बैठक बोलाईएको छ । सोही बैठकमा सहमति खोजेर मतगणना सुरु गरिने निर्वाचन अधिकृत ईश्वर आचार्यले सञ्चारकर्मीलाई जानकारी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा चितवनका जिल्ला प्रमुख अधिकारी (प्रजिअ)ले निर्वाचन आचारसंहिता उलङघन गरेको भन्दै हिजो कांग्रेसले उजुरी गरेको थियो ।  सो उजुरीको सम्बोधन नभएसम्म मतगणनामा सहभागी हुन नसक्ने अडान कांग्रेसले लिए पछि हिजो नै हुनु पर्ने मतगणना अझै सुरु हुन नसकेको हाे ।

Ads

सम्बन्धित पोष्टहरू