Ads

निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)


काठमाडौं । चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।

७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

तर, हालसम्म पनि हत्यारा पत्ता नलगाएको भन्दै मृतकका आफन्तसहित स्थानीयले सोमबार प्रदर्शन गरेका हुन् । ‘हत्यारा चाँडो सार्वजनिक गर, हालसम्मको अनुसन्धानको प्रगति के हो ?’ जस्ता लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू