Ads

बारा २ मा उपेन्द्र यादवको पाँच हजार मतान्तरले अग्रता


बारा, । बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएका छन् ।

जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाउनुभयो । उनीहरुबीचको मतान्तर ४ हजार ९२४ रहेको छ ।

त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७२, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २ हजार १३१ र आम जनता पार्टीका अरुण ज्ञवालीले १ हजार ९५९ मत पाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू