Ads

एमालेले केन्द्रीय कमिटीको बैठक झापा हुने


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

वैशाख अन्तिम साता बोलाइएको बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ ।

गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन । यो बीचमा दुई महिने ग्रासरुट अभियान चलाएको थियो । यो अभियान १० वैशाखमा सकिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू