काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच आज (बिहिबार) विहान भएको भेटवार्तामा भोलि शुक्रबार राष्ट्रियसभाको बैठक अन्त्य गर्ने लगभग सहमति भएको बुझिएको छ ।
संवैधानिक परिषद्को काम ,कर्तव्य, अधिकार र कार्यविधि आज प्रतिनिधिसभाबाट पारित हुने छ । यस्तै आज (बिहीवार) संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि माथिल्लो सदन राष्ट्रियसभाबाट पारित गर्ने कार्यसूची रहेकोे छ । दुवै सदनबाट संवैधानिक परिषद्सम्बन्धी व्यवस्थामा उल्लेखखित विषय पारित भएसँगै राष्ट्रियसभाको वैठक अन्त्य हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्