Ads

प्रतिनिधि सभा बैठकमा माननीय सदस्यहरुको(ईहाजिरी) सुरु गर्नेबारे छलफल


काठमाडौं । प्रतिनिधि सभा बैठकमा माननीय सदस्यहरुको डिजिटल उपस्थिति (ईहाजिरी) सुरु गर्नेबारे कार्यव्यवस्था परामर्श समितिको बैठकमा आज छलफल भएको छ । ईहाजिरी सुरु गर्ने र सभाका सदस्यरुको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुखले भन्नुभयो– संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ ।

सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।

====== नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्र त्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुन्छ । कानून मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण हुन्छ । सरकार सदनप्रति उत्तरदायी हुनुपर्छ । प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई पनि कानून मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउँदछु ।

====== संसदीय सुनुवाई समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्छ । समितिको नेतृत्व पनि यही बीचमा टुंग्याऊँ ।

Ads

सम्बन्धित पोष्टहरू