Ads

युवा संघ नेपालको भ्रष्टाचारविरुद्ध प्रदर्शन


काठमाडौं । नेकपा एमालेनिकटको राष्ट्रिय युवा संघ नेपालले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट विरोध प्रदर्शन सुरू गरिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । प्रदर्शनमा उत्रिएका विद्यार्थी तथा युवाहरूले क्यान्टोनमेन्टलगायतका पुराना फायल खोल्न पनि दबाब दिएका छन् । ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने नाराका साथ उनीहरूले प्रदर्शन गरेका छन् ।

नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म कांग्रेस नेता बालकृष्ण खाण, एमाले नेता टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीतराईसहित १३ जना पक्राउ परेका छन् । बादलका छोरालगायत पक्राउ पुर्जी जारी भएका केही फरार छन्

Ads

सम्बन्धित पोष्टहरू