Ads

संसदमा एमालेको प्रश्न : शरणार्थी प्रकरणका बारे सदनलाई जानकारी दिन सरकारलाई किनअप्ठ्यारो ?


काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थीको प्रकरणबारे प्रगति विवरण माग गरेको छ । प्रतिनिधिसभाको बैठकमा सोमबार आकस्मिक समयमा बोल्दै एमाले सांसद ठाकुरप्रसाद गैरेले भ्रष्टाचार सम्बन्धी खोलिएको फाइलबारे भएको अनुसन्धानबारे सदनलाई जानकारी दिन किन ढिलाइ ? भनी प्रश्न गरे ।

नक्कली भुटानी शरणार्थीको प्रकरणमा के कति प्रगति भएको छ भनेर भन्न सरकारलाई के अप्ठ्यारो परेको छ ?’ उनले भने । सरकारलाई नक्कली भुटानी शरणार्थी प्रकरणबारेको अनुसन्धानका सम्बन्धमा जानकारी गराउन सरकारलाई रुलिङ गर्न सांसद गैरेले सभामुख देवराज घिमिरेलाई पनि आग्रह गरेका छन ।

भ्रष्टाचारविरुद्ध देश आन्दोलित भएको र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट भएको उल्लेख गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनेमा आशंका रहेको पनि बताएका छन ।

Ads

सम्बन्धित पोष्टहरू